बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरियो

हिमाल प्रेस २५ वैशाख २०८१ १४:५३
38
SHARES
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरियो

काठमाडौँ-  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ बनेका थिए।

उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका अनुसार प्रेसर र पल्स एकदमै कमी भएपछि उनको स्वासप्रश्वासमा समस्या देखिएको थियो। अहिले उनको नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उपचार भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८१ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast