सदन चलाउने विषयमा राजनीतिक दलका शीर्षनेताहरूसँग छलफल गर्दै सभामुख

हिमाल प्रेस २५ वैशाख २०८१ ८:०५
सदन चलाउने विषयमा राजनीतिक दलका शीर्षनेताहरूसँग छलफल गर्दै सभामुख फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दैछन्।

बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

आगामी अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन्।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरूको बैठक आह्वान गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast