 
                             
                                            काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादमाथि मुम्बई इन्डियन्सले जित निकालेको छ।
सोमबार रातिको खेलमा मुम्बई इन्डियन्सले सोमबार सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ। यो जितले मुम्बईको प्लेअफ खेल्ने झिनो सम्भावना कायम रहेको छ।
हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
मुम्बईको जितमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले। आईपिएलमा यादवको पहिलो तथा टि-२० क्रिकेटमा पाँचौ शतक हो।
तिलक बर्माले नटआउट ३७ रन जोडे। त्यसअघि वानखेडे रंगशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ४८ रन बनाए।
नितिश कुमार रेड्डीले २० र म्याक्रो जानसेनले १७ रन जोडे । मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए।
जितपछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ। हैदराबाद ११ खेलमा १२ अंकसहित चौथो स्थानमा छ। प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 