शैक्षिक सुधारका लागि जुम्लामा बहस सुरु

हिमाल प्रेस १८ वैशाख २०८१ १७:१६ | Tuesday, April 30, 2024
शैक्षिक सुधारका लागि जुम्लामा बहस सुरु प्रतिनिधिमूलक तस्बिर

जुम्ला जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शैक्षिक कचहरी बहस सुरु गरेको छ। शैक्षिक कचहरीका माध्यमबाट यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न अभियान थालिएको हो।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी थालिएको बताए।

तातोपानीका २९ सामुदायिक विद्यालयलाई लक्षित गरी शैक्षिक कचहरी तीन चरणमा सञ्चालन गरिएको छ। पहिलो चरणमा यही वैशाख १६ गतेदेखि तातोपानी–१, २ र ३ भित्रका आठवटै सामुदायिक विद्यालयको शैक्षिक अवस्थाकोबारे बहस गरिएको छ।

शैक्षिक कचहरीमा तीन वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिकलाई एक ठाउँमा भेला गरेर छलफल गरिएको अध्यक्ष चौलागाईंले बताए।

सामुदायिक विद्यालयमा राज्यको करोडौँ रुपैयाँ लगानी छ तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ। कतिपय कक्षा रित्तो बन्ने अवस्थामा छन्। बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने अध्यक्ष चौलागाईं बताउँछन्।

आवश्यकताका आधारमा विद्यालय मर्ज गर्ने, शिक्षक व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तरलाई लयमा ल्याउने उद्देश्यले शैक्षिक कचहरी कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए।

विद्यालयको नियमन, अनुगमन, आवश्यकताका आधारमा मर्ज, विधि संवत् नचलेका विद्यालयलाई दण्डित गर्ने सवालमा पालिका कडा रुपमा पालिका लागेको छैन। कार्यसम्पादनका आधारमा विद्यालयलाई पुरस्कृत र दण्डित गर्नुपर्ने स्थानीयवासी सुनिता पाण्डेले बताइन्।

प्रर्याप्त शैक्षिक सामग्री अभावले अतिरिक्त क्रियाकलाप हुन नसक्दा र विद्यालयले चासो नदिँदा विद्यार्थी मारमा परेको छात्र रमेश बुढाको गुनासो छ। तातोपानी–४, ५ र ६ मा विद्यालय लक्षित शैक्षिक कचहरी दोस्रो शृंखला यही वैशाख १८ गते दुर्गा माद्यमिक विद्यालयमा हुने छ।

भेरिखोलाका विद्यालय लक्षित शैक्षिक बहस तातोपानी–७ पातरसाँघुमा यही वैशाख २० गते हुने तातोपानी गाउँपालिकाले जनाएको छ । पातरसाँघुमा तातोपानी–७ र ८ का विद्यालयका समस्या र सम्भावनाबारे चर्चा गरिनेछ।

प्रकाशित: १८ वैशाख २०८१ १७:१६ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast