ब्याटर नचल्दा वेस्टइन्डिजसँग हार्‍यो नेपाल

हिमाल प्रेस १६ वैशाख २०८१ १५:५९ | Sunday, April 28, 2024
ब्याटर नचल्दा वेस्टइन्डिजसँग हार्‍यो नेपाल

काठमाडौँ- नेपालका टप अर्डरका ब्याटर नचल्दा वेस्टइन्डिजविरुद्धको दोस्रो खेलमा १० रनले पराजित भएको छ। कप्तान रोहित पौडेलले उत्कृष्ट पारी खेले पनि अन्य ब्याटर नचल्दा नेपाल १० रनले पराजित भएको हो।

१६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमै समेटियो। नेपालका लागि कप्तान रोहित पौडेलले आज पनि नटआउट ७१ रनको पारी खेले।

यस्तै गुल्शन झाले २६ रन बनाउँदा लोकेश बमले १७ रन बनाए भने आरिफ शेखले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। वेस्टइन्डिजका लागि ओवेद मकोय र गुदाकेश मोतीले दुई/दुई विकेट लिए। यस्तै ओसेन थोमस र रोस्टन चेजले एक/एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा १६० रन बनाएको थियो।

वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

प्रकाशित: १६ वैशाख २०८१ १५:५९ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast