इटालीका लागि नेपालका गैरआवासीय राजदूत सुवेदीले लिए ओहोदाका प्रमाणपत्र

हिमाल प्रेस १३ वैशाख २०८१ ९:३० | Thursday, April 25, 2024
इटालीका लागि नेपालका गैरआवासीय राजदूत सुवेदीले लिए ओहोदाका प्रमाणपत्र

काठमाडौँ- इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मंगलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएका जेनेभास्थित नेपाली राजदूतावासले आज जनाएको छ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।

उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएका थिए।

प्रकाशित: १३ वैशाख २०८१ ९:३० | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast