बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हिमाल प्रेस १२ वैशाख २०८१ १७:५८ | Wednesday, April 24, 2024
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन अत्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने संवैधानिक व्यवस्था छ। १५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रकाशित: १२ वैशाख २०८१ १७:५८ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast