नेपाल प्रहरीका वरिष्ठ सई पूर्णले बोकेको पेस्तोल कहाँ हरायो?

हिमाल प्रेस ११ वैशाख २०८१ १३:१८ | Tuesday, April 23, 2024
नेपाल प्रहरीका वरिष्ठ सई पूर्णले बोकेको पेस्तोल कहाँ हरायो? सांकेतिक तस्बिर

काठमाडौँ– नेपाल प्रहरीका एक अधिकारीले बोकेको पेस्तोल नै हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगन्जमा कार्यरत वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो।

आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै भन्ने सूचना पाएको प्रहरी अमलेखगञ्जबाट उत्तरतर्फको जङ्गलमा जाने क्रममा वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पेस्तोलको खोजी भइरहेको बताइएको छ।

प्रकाशित: ११ वैशाख २०८१ १३:१८ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast