दलमा आबद्ध शिक्षक-कर्मचारीलाई कारबाही गर्न केन्द्रकाे पत्राचार

हिमाल प्रेस १० वैशाख २०८१ ११:३४ | Monday, April 22, 2024
दलमा आबद्ध शिक्षक-कर्मचारीलाई कारबाही गर्न केन्द्रकाे पत्राचार

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार केन्द्रले एकाइलाई शुक्रबार पत्राचार गरेको हो।

शिक्षक व्यवस्थापन समन्वय शाखाका अधिकृत हरिबहादुर श्रेष्ठद्वारा पठाएको पत्रमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको,कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको उजुरीअनुसार कारबाही गर्न भनिएको छ।

राजनीतिक दलमा आबद्ध शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले यही वैशाख ४ गते निर्णय गरेकी थिइन्। शिक्षामन्त्रीको उक्त निर्णयप्रति नेपाल शिक्षक महासंघसहित शिक्षासम्बद्ध संघसंगठनले आपत्ति जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast