काठमाडौँ-निजगढ द्रुतमार्ग : ६० अर्ब ४४ करोड खर्च हुँदा ३३ प्रतिशत काम

हिमाल प्रेस ७ वैशाख २०८१ १७:०७ | Friday, April 19, 2024
काठमाडौँ-निजगढ द्रुतमार्ग : ६० अर्ब ४४ करोड खर्च हुँदा ३३ प्रतिशत काम राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- नेपाली सेनाले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको करिब ३३ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उक्त आयोजनाबारे जानकारी गराउँदै सेनाले काठमाडौँ-निजगढ द्रुतमार्गको काम चैत मसान्तसम्म ३३ प्रतिशत सम्पन्न भएको जनाएको हो।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले  क्त आयोजनामा  हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको जानकारी दिए। उहाले द्रुतमार्ग पर्ने टनेलहरूको काम पनि अन्तिम चरणमा पुगेको बताए। शर्माले भने, ‘चन्द्रामभिरको सुरुङका लागि ठेक्का लागिसकेको छ। आयोजनाअन्तर्गत ११ प्याकेजमध्ये १० वटा सम्पन्न भइसकेको छ।’

प्रधानसेनापति शर्माले वन मन्त्रालयको सहजीकरणमा ३० हजारभन्दा रूख काटिएको र समितिको निर्देशनअनुसार रूख कटानमा देखिएको समस्या समाधान भएको बताए। उनले पूर्वदेखि पश्चिसम्मको चारवटा करिडोरमध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिए।

साथै बेनिघाट, आरुघाट, लार्के भन्ज्याङ करिडोरको प्रगति ७० प्रतिशत भइसकेको उनको भनाइ छ। दार्चुला-टिंकरको काम ६७.२ प्रतिशत सम्पन्न भइसकेको पनि प्रधानसेनपति शर्माले बताए।  प्रधानसेनापति शर्माले सेनाले गरिरहेका विकास निर्माण सहज रुपले अघि बढिरहेको भन्दै निर्देशन गर्नुपर्ने गरी कुनै समस्या नभएको बताए।

प्रकाशित: ७ वैशाख २०८१ १७:०७ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast