प्रधानमन्त्रीसँग विपिन जोशीकाे परिवारको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

हिमाल प्रेस ७ वैशाख २०८१ ८:५८ | Friday, April 19, 2024
प्रधानमन्त्रीसँग विपिन जोशीकाे परिवारको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विपिन जोशीको परिवारले भेट गरेको छ।

इजरायल र हमासबीचको द्वन्द्वमा ‘हमासको नियन्त्रणमा’ रहेका विपिनको रिहाइका लागि शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विपिनका बुबाआमासहित परिवारले आग्रह गरेकाे हाे।

जोशी परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: ७ वैशाख २०८१ ८:५८ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast