विद्यार्थी बढाउन कक्षा १ मा अंग्रेजी माध्यम

हिमाल प्रेस ६ वैशाख २०८१ ९:०० | Thursday, April 18, 2024
विद्यार्थी बढाउन कक्षा १ मा अंग्रेजी माध्यम

टीकापुर- कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ।

पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो। सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ।

जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अंग्रेजी माध्यमको पढाइ हुनेछ।

गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अंग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताए।

पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अंग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ। अंग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ।

गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकरात्मक भई बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन आवश्यक रहेको अभिभावक बताउँछन्।

अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताइन्। ‘निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने?’, उनले प्रश्न गरिन्, ‘अब कक्षा १० सम्म नै अंग्रेजी माध्यममा पढाउनुपर्छ। यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ।’

प्रकाशित: ६ वैशाख २०८१ ९:०० | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast