काठमाडौँ- आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाइँदैछ।
मतपत्र छपाइको काम सोमबार सकिएपछि आज जिल्ला पठाइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम-२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ।
मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ। इलाम-२ मा १९ र बझाङ-१ (क) मा ११ उमेदवार रहेका छन्।
इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन्। बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन्। आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ।
प्रकाशित: ५ वैशाख २०८१ ६:५५ | Wednesday, April 17, 2024
प्रतिक्रिया





