मंसिरमा नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव हुँदै

हिमाल प्रेस ४ वैशाख २०८१ १७:०२ | Tuesday, April 16, 2024
मंसिरमा नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव हुँदै

काठमाडौँ- एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)ले पहिलो पटक ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा हुनेछ। महोत्सवमा ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित गरिएकाे छ।

‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयका साथ कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव घोषणा गरिएको हो। ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को मुख्य कलाकारमध्ये एक हुन्।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल-चलचित्र प्रदर्शन हुनेछ। साथै महोत्सवमा १८ वर्षभन्दा मुनिका बालबालिका योङ्ग फिल्म मेकरको फिल्म प्रतियोगिता तथा कार्यशाला पनि हुनेछ।

बाल-चलचित्रबारे तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया कार्यक्रमहरुसमेत गरिने आयोजकले जनाएको छ। महोत्सवमा निर्णायक (जुरी)को रुपमा बालबालिका समावेश तथा सहभागिता गराइनेछ।

चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्न सक्ने विभिन्न कला मिश्रित माध्यम भएको उल्लेख गर्दै महोत्सवले कल्पना गर्न, अवधारणा बनाउन, विश्लेषण गर्न, रचनात्मक सोचको विकास गर्न, विभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक मूल्य बुझाउन महोत्सवले उल्लेखनीय भूमिका खेल्नेछ भन्ने आयोजकको विश्वास छ। साथै यस महोत्सवसँगै एसिएफ नेपालले ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ पनि आयोजना गर्ने जनाएको छ।

‘बालबालिकाका लागि चलचित्र’ भन्ने अभियानका साथ विं स. २०६९ (सन् २०१३) मा स्थापना भएको एसिएफ नेपालले विद्यालयहरुमा नियमित बाल-चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम, योङ्ग फिल्म मेकिङ वर्कसप, स्कुलमा सिनेमा क्ल्ब सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: ४ वैशाख २०८१ १७:०२ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast