रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

हिमाल प्रेस ४ वैशाख २०८१ १४:१८ | Tuesday, April 16, 2024
रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ- साउदी क्लब अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। गत चैत २७ मा सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल-हिलालका रक्षक अली अल बुलाइहीलाई कुहिनाले हानेपछि उनले रातो कार्डको सामना गरेका थिए ।

उक्त खेलमा अल नासार २-१ ले पराजित भएको थियो। रोनाल्डोले मैदान छाड्दा रेफ्रीलाई समेत मुक्का हान्न खोजेका थिए। यसका लागि थप सजाय हुन सक्ने साउदी अरबका मिडियाहरूले जनाएका छन्। रोनाल्डोमाथि दोस्रो पटक प्रतिबन्ध लागेको हो। गत फेब्रुअरीमा अल–शबाबविरुद्धको साउदी प्रो लिग खेलमा आपत्तिजनक इशारा गरेको भन्दै उनलाई एक खेलमा निलम्बन गरिएको थियो।

अल नासरले साउदी फुटबल संघको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपिल गरेको छ।

प्रकाशित: ४ वैशाख २०८१ १४:१८ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast