हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

हिमाल प्रेस ३ वैशाख २०८१ १४:३८ | Monday, April 15, 2024
हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

काठमाडौँ- एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा हङकङले नेपालसामू १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनको योगफल तयार पार्‍यो।

वर्षाका कारण समयमै टस हुन नसकेपछि खेललाई १८ ओभरमा झारिएको थियो। हङकङका लागि अन्शुमन रथले ३४, जिसन अलीले १४, कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए। नेपालका अविनाश बोहराले तीन, ललितनाराण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए।

लगातार तेस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ। यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो। यता हङकङ पनि दोस्रो जितको खोजीमा छ। यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासाँग ५५ रनले पराजित भएको थियो।

प्रकाशित: ३ वैशाख २०८१ १४:३८ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast