अभिनेत्रीसहित ‘पुजार सार्की’ को नयाँ पोस्टर

हिमाल प्रेस २९ चैत २०८० १५:५५ | Thursday, April 11, 2024
अभिनेत्रीसहित ‘पुजार सार्की’ को नयाँ पोस्टर

काठमाडौँ- अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूसहित फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अञ्जना र परीक्षासहित आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह देखिएका छन्। यसअघि निर्माण टिमले तीन अभिनेताकोमात्र पोस्टर सार्वजनिक गरेको थियो।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा छ। फिल्मले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ। फिल्ममा अन्य कलाकार मोहन निरौला,  लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, प्रेम सुब्बा, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुलीलगायतको पनि अभिनय छ।

दिनेश राउत निर्देशित फिल्म आगामी जेठ १० मा प्रदर्शन हुनेछ। विकास सुवेदीले लेखेको फिल्म जातीय विभेद विरुद्ध समाजका तिन पात्रहरूले गर्ने संघर्षको कथामा आधारित छ।

फिल्म संगीतकार सुभाष भुसालले निर्माण गरेकाे फिल्म सुप्रिम पराजुलीको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ। फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेकाे छ।

प्रकाशित: २९ चैत २०८० १५:५५ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast