काठमाडौँ- नेपाल आइडल सिजन-२ विजेता तथा गायक रवि वडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि जिल्ला अदालत कन्चनपुरले पक्राउ पुर्जी जारी गरेको हो। उजुरी परेसँगै प्रहरीले यसअघि नै आवश्यक तयारी गरेको थियो।
‘अप्राकृतिक तबरले बलात्कार भएको भन्ने व्यहोराको जाहेरी परेसँगै प्रक्रियाअनुसार नै बुधबार पक्राउ पुर्जी जारी भएको छ,’ कन्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले हिमालप्रेससँग भने।
रविकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारी कन्चपुरमा जाहेरी दिएकी थिइन्। वडको घर कृष्णपुर नगरपालिकास्थित गुलरियामा पर्छ। प्रहरीले वड काठमाडौँमा भएको सूचनाका आधारमा आवश्यक समन्वय गरिदिन काठमाडौँ प्रहरीलाई पत्राचार गरिसकेको जोशीले जानकारी दिए।
प्रकाशित: २३ चैत २०८० १२:०४
प्रतिक्रिया