मौसम विभाग भन्छ : आज पनि वर्षाको सम्भावना छ

हिमाल प्रेस १७ चैत २०८० ६:४५ | Saturday, March 30, 2024
मौसम विभाग भन्छ : आज पनि वर्षाको सम्भावना छ फाइल तस्बिर

काठमाडौँ- हाल नेपालमा स्थानीय वायुसँगै भारतको मध्यप्रदेश र ओडिसा आसपासमा रहेको चक्रीय परिसंचरनाको पनि प्रभाव छ।

यतिबेला (शनिबार बिहान) देशभर आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १७ चैत २०८० ६:४५ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast