बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

हिमाल प्रेस १६ चैत २०८० १२:५४ | Friday, March 29, 2024
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। फाइल तस्बिर।

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने तयारी गरेका छन्।

हाम्रो नेपाली पार्टी (हानेपा) लाई सरकारमा सहभागी गराएपछि जम्कट्टेल विश्वासको मत लिने तयारीमा लागेका हुन्। गत २३ फागनुमा कांग्रेसले समर्थन फिर्ता लिएको थियो। एमालेसहितको नयाँ गठबन्धन बनेपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो।

कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलका लागि बहमुत जुटाउन समस्या परेको थियो। तर, हानेपाले अन्तिम समयमा समर्थन गरेपछि उनको सरकार जोगिने अवस्थामा पुगेको हो। २ जना सांसद रहेको हानेपाबाट बिहीबार मात्रै एक जना मन्त्री भएका छन्।

विश्वासको मतका लागि माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकालले प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्। एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हानेपसहितका सांसद हुँदा ५७ मत मुख्यमन्त्री जम्कट्टेलको पक्षमा हुनेछ। सरकार बनाउन ५६ मत भए पुग्छ।

प्रकाशित: १६ चैत २०८० १२:५४ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast