जिल्ला दौडाहामा कमल थापा

हिमाल प्रेस १५ चैत २०८० ७:०३ | Thursday, March 28, 2024
जिल्ला दौडाहामा कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापा जिल्ला दौडाहामा निस्किएका छन्। मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्मका जिल्लाका प्रशिक्षण कार्यक्रममा सहभागी हुन आजदेखि उनी जिल्ला दौडाहामा निस्किएका हुन्।

कार्यक्रम तालिका अनुसार चैत्र १६ गते मकवानपुरको हेटौंडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भाबी कार्यक्रम र कार्यदिशा,संगठन सुदृढीकरण सँगै सक्रिय सदस्यता वितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन्।

टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री ,सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बरप्रसाद शिवाकोटी,केन्द्रीय सदस्य पुरु दाहाल र जनवर्गीय संगठनका अध्यक्षहरू सहभागी रहने पार्टी सचिवालयले जनाएको छ।

प्रकाशित: १५ चैत २०८० ७:०३ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast