एमाले कास्कीको अध्यक्षमा तीनजना प्रत्यासी [उम्मेदवारको नामावलीसहित]

हिमाल प्रेस १३ चैत २०८० १७:३८ | Tuesday, March 26, 2024
एमाले कास्कीको अध्यक्षमा तीनजना प्रत्यासी [उम्मेदवारको नामावलीसहित] अध्यक्षका प्रत्यासी बैनबहादुर अधिकारी क्षेत्री र माधव बास्तोला।

पोखरा- नेकपा (एमाले) कास्कीको ४ दिनदेखि पोखरामा जारी ११ औँ जिल्ला अधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि ३ जना उम्मेदवारसहितको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन मण्डलले मंगलबार अबेर अन्तिम नामावली प्रकाशन गरेको हो। अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले उम्मेदवारी दिएका छन्।

क्षेत्री पार्टी केन्द्रीय सदस्य खगराज अधिकारी प्यानलका हुन् भने बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन्। उनीहरु प्यानलबाट उम्मेदवार हुँदा त्रिपाठीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

विद्युतीय मतदानबाट हुने मतदान प्रक्रियाबाट १ सय २१ सदस्यीय उम्मेदवार निर्वाचित हुनेछन्।

एमाले महासचिव शंकर पोखरेलले शनिबार अधिवेशन उद्घाटन गरेका थिए। दुई दिनमा सकिने भनिएको अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा लम्बिएको हो।

प्रकाशित: १३ चैत २०८० १७:३८ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast