आईपीएल : बैंगलुरुले दोस्रो खेलबाट हात पार्‍यो पहिलो जित

हिमाल प्रेस १३ चैत २०८० ६:३१ | Tuesday, March 26, 2024
आईपीएल : बैंगलुरुले दोस्रो खेलबाट हात पार्‍यो पहिलो जित

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग(आईपीएल)को नयाँ सिजनमा दोस्रो खेलबाट पहिलो जित हासिल गरेको छ।

सोमबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले जित निकाल्दै जित दतौ गरेको हो।

पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो।

४९ बलको इनिङ्समा विराट कोहलीले ११ चौका र २ छक्का हिर्काए। दिनेश कार्तिकले नटआउट रहँदै २८ रन तथा महिपाल लोमरोरले नटआउट रहेर १७ रन बनाउन टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

बैंगलुरुका लागि रजत पटिदारले १८ तथा अनुज रावतले ११ रनको योगदान दिए । यता पञ्जाबका लागि कागिसो राबाडा र हरप्रित ब्रारले २–२ विकेट हात पारे भने साम करन र हर्षल पटेलले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो।

पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ४५ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, जितेश शर्माले २७ रन, प्रभसिमरन सिंहले २५ तथा साम करनले २३ रनको योगदान दिए । शशांक सिंहले नटआउट रहँदै २१ रन बनाए । बैंगलुरुका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

२ खेलपछि पञ्जाब र बैंगलुरुले १–१ जीत हासिल गरेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र बैंग्लुरु छैटौँ स्थानमा छन्।

प्रकाशित: १३ चैत २०८० ६:३१ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast