होलीमा रंगियो बुटवल [तस्बिरहरू] 

विनोद परियार १२ चैत २०८० १८:३९ | Monday, March 25, 2024
होलीमा रंगियो बुटवल [तस्बिरहरू]  फाइल तस्बिर

लुम्बिनी- सद्भावको पर्व होली सोमबार तराई–मधेश क्षेत्रमा धूमधामसँग मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने प्रचलन छ। सोमबार तराई मधेशमा आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साटेर होली पर्व मनाएका हुन्। रुपन्देहीको बुटवल पनि होलीले रंगीन बन्यो। बुटवल बजारमा युवा पुस्ता संगीतसहितको होलीमा रमाएका हुन्।

सिद्धार्थ राजमार्ग नै ढाकिने गरी रङमा रमाएको दृश्य देखिन्थ्यो। बुटवल ट्राफिचोक, बसपार्क, मिलनचोक, देविनगर, गोलपार्कमा नाचगान गरेर एकआपसमा रङ दलेर होली मनाइएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ। बुटवलमा पाल्पालीहरुले परम्परात रुपमा बाजागाजा सहित फागु खेलेका छन्। नयाँ पुस्तालाई पाल्पाली संस्कृति सिकाउन र पाल्पाको मौलिक फागुगीतको संरक्षणका लागि बुटवलमा फागु संस्कृति देखाइएको केदार नेपालले बताए।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले जनप्रतिनिधि, प्रशासनिक निकाय एंव संघसंस्थाका प्रतिनिधिलाई सहभागी गराएर होली मिलन कार्यक्रम गरेको छ। कार्यक्रममा  बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतको उपस्थिति रहेको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए । होलीलाई दृष्टिगत  गरेर रूपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

 

प्रकाशित: १२ चैत २०८० १८:३९ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast