करारमा शिक्षक भर्ना अगाडि बढाएपछि छिपहरमाई गाउँपालिका अध्यक्षलाई स्पष्टीकरण

हिमाल प्रेस २ मंसिर २०७९ ६:१६ | Friday, November 18, 2022
करारमा शिक्षक भर्ना अगाडि बढाएपछि छिपहरमाई गाउँपालिका अध्यक्षलाई स्पष्टीकरण

पर्सा- निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ।

गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टीकरण सोधिएको हो।

‘निर्वाचन आचारसंहिता, ०७९  लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? आयोगले भनेको छ।

आयोगले पत्र प्राप्त भएको २४  घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेस गर्न भनेको छ।

प्रकाशित: २ मंसिर २०७९ ६:१६ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast