सुनकोशी नदीमा बेपत्ता भए तीन बालबालिका

हिमाल प्रेस ११ चैत २०८० २२:०२ | Sunday, March 24, 2024
सुनकोशी नदीमा बेपत्ता भए तीन बालबालिका सांकेतिक तस्बिर।

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरू नुहाउन नदीमा जाँदा आज (आइतबार) दिउँसो बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा-१४ साउनेका ११  वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन्।

त्रियुगा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आइतबार दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। पाँच जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना भने निक्लन सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको जारी राखेको जानकारी दिए।

प्रकाशित: ११ चैत २०८० २२:०२ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast