सडक निर्माणको काम चाँडो गर्न माग गर्दै अदालतमा रिट

हिमाल प्रेस ६ चैत २०८० २०:५५ | Tuesday, March 19, 2024
सडक निर्माणको काम चाँडो गर्न माग गर्दै अदालतमा रिट

इटहरी- कोशी राजमार्गअन्तर्गत इटहरी-२०, तरहरास्थित पानीपियादेखि धरानको तीनकुनेसम्म ६ लेन सडक निर्माण चाँडो गर्न माग गर्दै अदालतमा रिट परेको छ। सार्वजनिक सरोकारको विषयमा अधिवक्ता रवीन्द्रकुमार भगतले १५ दिनभित्र कालोपत्र गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका हुन्।

प्यासिपिक जेभी इन्जिनियरिङ प्रा.लि., त्यसका सञ्चालक ठाकुरप्रसाद कँडेल, हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लि.का प्रमुख बहादुर सिंह लामा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय सुनसरीविरुद्ध अधिवक्ता भगतले उत्प्रेषणयुक्त परमादेश रिट निवेदन दिएका हुन्।

३ वर्ष ९ महिना बितिसक्दासमेत सडक निर्माणको कामले गति नपाउँदा दैनिक दुर्घटना बढ्दै गएको, वातावरणीय क्षति भएको र सवारीसाधनको यान्त्रिक क्षति भएकोसमेत रिटमा उल्लेख गरिएको छ।

सडक समयमा निर्माण नहुँदा वातावरणमा प्रत्यक्ष असर मात्र पुगेको छैन, त्यस वरिपरि रहेका वन्यजन्तुहरूसमेत प्रभावित भएको जनाउँदै सडकबाट हजारौंको सङ्ख्यामा आवतजावत गर्ने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकाले रिट हाल्न बाध्य भएको उनले बताए। ‘धुलोका कारण बाटो आवतजावत गर्न कठिन मात्र भएको छैन, कुन बेला दुर्घटना हुन्छ, त्यसको कुनै अनुमान गर्न सकिँदैन,’ रिटमा भनिएको छ।

प्रकाशित: ६ चैत २०८० २०:५५ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast