काठमाडौँ- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ। साधारणसभाले सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले पेस गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ।
उक्त सभामा सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्कासन गर्ने तथा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ । सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैद्य र विदुर पुरी कम्पनीको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्।
सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०/०८१ का लागि बाह्य लेखापरीक्षको नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ।
प्रकाशित: ५ चैत २०८० १५:२० | Monday, March 18, 2024
प्रतिक्रिया



