संघीय धर्मनिरपेक्ष गणतन्त्र लुटतन्त्रमा परिणत भयो : कमल थापा

हिमाल प्रेस ३ चैत २०८० ७:०७ | Saturday, March 16, 2024
संघीय धर्मनिरपेक्ष गणतन्त्र लुटतन्त्रमा परिणत भयो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाएका छन्।

पार्टी कार्य सम्पादन समितिको विस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनीतिक दलका नेताले सिन्डिकेट खडा गरेर राज्य सन्चालन गरिरहेको समेत टिप्पणी गरे।

थापाले अहिलेको राज्य प्रणाली र शासकबर्गप्रती जनतामा वितृष्णा रहेको भन्दै भ्रष्ट व्यवस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए।

सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा , समावेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको
व्यवस्थाले निकास दिन नसक्ने दाबी गरे।

आफूलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दुराष्ट्रको सम्भावनालाई तुहाईदिने आत्मघाती सोचबाट मुक्त हुनुपर्ने समेत बताए।

वृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकांकी रूपमा गरिने आन्दोलन निरर्थक र औचित्यहिन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेको समेत उनले स्पष्ट पारे।

सामुहिक नेतृत्व र सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफूहरूको प्रयास हुने थापाको कथन छ।

प्रकाशित: ३ चैत २०८० ७:०७ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast