काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको आरोपमा व्यास नगरपालिका तनहुँमा कार्यरत पौडेलविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले हाइस्कूल तहको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा नियुक्ति लिएकी थिइन्।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ।
प्रकाशित: २९ फागुन २०८० १५:४९ | Tuesday, March 12, 2024
प्रतिक्रिया




