नाचले शरीरसँगै दिमागमा पनि सकारात्मक असर पर्छ। पढौं नाचका फाइदा :
तौल घटाउन लाभदायक
नाच्दा शारीरिक अभ्यास हुन्छ। यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ।
मनोरञ्जक अभ्यास
जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरुका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ।
बडी टोन मजबूत
नाचबाट तपाईंको बडी टोन मजबुत हुन्छ। यसबाट शरीरमा ताकत आउछ र शरीरको लचिलोपन पनि बढ्छ।
आत्मविश्वास बढाउँछ
नाच्नाले तपाईँ मा कन्फिडेन्ट महसुस हुन्छ। यसबाट हिच्किचाहट पनि दूर हुन्छ।
तनावबाट मुक्ति
नृत्य गर्नाले तनावबाट राहत मिल्छ। जब तपाईं कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ।
स्वास्थ्य खबरबाट
प्रकाशित: २९ फागुन २०८० ७:३६ | Tuesday, March 12, 2024
प्रतिक्रिया




