गठबन्धन परिवर्तन भएसँगै नीति तथा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल

हिमाल प्रेस २७ फागुन २०८० १४:१३ | Sunday, March 10, 2024
गठबन्धन परिवर्तन भएसँगै नीति तथा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल

काठमाडौँ- सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ।

आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

एमालेबाट रिमालसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल रहेका छन्।

यसै गरी यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन्।

प्रकाशित: २७ फागुन २०८० १४:१३ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast