ओली संघीयता विरोधी : प्रचण्ड

हिमाल प्रेस १ मंसिर २०७९ ५:४९
ओली संघीयता विरोधी : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापी रूपमा वामलोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताएका छन्।

काठमाडौँ ९ को डाँडापौवामा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ’, उनले भने।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उनले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे।

अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाइँका रूपमा निर्वाचन अगाडि आएको जनाउँदै उनले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने उनले बताए।

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वामगठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए।

‘हामीले संविधानसभाको माग गर्दा बढ्ता विरोध गर्ने ओली २०६२/०६३ सालको परिवर्तन र वर्तमान संविधानलाई स्वीकार गरेपछि ओली सच्चिए होलान् भनेको त्यस्तो होइन रहेछ’, उनले भने, ‘तर पार्टी एकताको केही समयपछि ओलीले संघीयता, गणतन्त्र, समावेशीता स्वीकार गरेका रैछन्। सत्तामा पुगेर प्राप्त उपलब्धिलाई उल्ट्याउने दाउमा रहेछन्।’

प्रकाशित: १ मंसिर २०७९ ५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =