यस्तो छ आजको मौसम

हिमाल प्रेस १९ फागुन २०८० ६:५९
30
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदलीकै अवस्था रहनेछ।

बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना छ।

त्यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा आज दिउँसो हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदलीकै अवस्थामा रहने छ।

राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना छ भने बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ।

त्यस्तै कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १९ फागुन २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast