१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

हिमाल प्रेस १८ फागुन २०८० १७:५८
60
SHARES
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

काठमाडौँ- नवलपरासी पूर्व र मोरङबाट दुई जना बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका बस्ने ६२ वर्षीय सुकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको बेलबारी नगरपालिका बस्ने २२ वर्षीय अविशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: १८ फागुन २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =