‘अगस्त्य’ हेर्न १६ वर्ष मुनिकाले अभिभावक लैजानुपर्ने

हिमाल प्रेस १७ फागुन २०८० १३:३४ | Thursday, February 29, 2024
‘अगस्त्य’ हेर्न १६ वर्ष मुनिकाले अभिभावक लैजानुपर्ने

काठमाडौँ- केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्म ‘अगस्त्यः च्याप्टर १’लाई पीजी सर्टिफिकेट दिएको छ। अर्थात् १६ वर्ष मुनिका बालबालिकाले फिल्म हेर्न अभिभावक लैजानुपर्ने हुन्छ।

फिल्म शुक्रबार अर्थात् फागुन १८ देखि विश्वभर प्रदर्शन हुने फिल्मले पहिलो दिन देशभरका हलमा २ सय ५९ सो पाएको छ। पोस्टर सार्वजनिक भएसँगै चर्चा बटुलिरहेको फिल्मको टिजर र ट्रेलरमा कलाकार सौगात मल्लको क्यारेक्टरले वर्षको प्रतिक्षित बन्ला भन्ने आँकलन गरिएको छ।  फिल्मका निर्देशक साैरभ चौधरी हुन्।

सौर्य पात्रको भूमिकामा सौगातको प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकमा डुलिरहेको क्यारेक्टरलाई दर्शकले निकै रुचाएका छन्। त्यस्तै कलाकार नाजिर हुसेन, प्रमोद अग्रहरिको चरित्रबाट पनि दर्शकले अपेक्षा गरिरहेका छन्।

निर्देशक चौधरीकै लेखनमा बनेको फिल्ममा अन्य कलाकार मलिका महत, निश्चल बस्नेत, रवीन्द्र झा, शिशिर बाङ्देल, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

फिल्म संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ। फिल्म डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको छ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल हुन्।

प्रकाशित: १७ फागुन २०८० १३:३४ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast