महतो अलग भएपछि लोसपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस १७ फागुन २०८० ११:४५ | Thursday, February 29, 2024
महतो अलग भएपछि लोसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति बैठक यही फागुन २७ देखि २९ गतेसम्म बस्ने भएको छ।

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ। यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो।

ती कार्यदलले आ-आफ्नो प्रतिवेदन तयार गरिसकेका छन्। ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ।
समसामयिक विषयमा छलफल गर्न पार्टीको बैठक बस्न लागेको सचिव मनिष मिश्रले जानकारी दिए। बैठक फागुन २७, २८ र २९ गते महोत्तरीको बर्दिबासस्थित पावन मिथिला पार्टी प्यालेसमा बस्नेछ।

हालैमात्र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेका छन्।

प्रकाशित: १७ फागुन २०८० ११:४५ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast