अदानचुलीका पूर्वनिमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १६ फागुन २०८० १७:४० | Wednesday, February 28, 2024
अदानचुलीका पूर्वनिमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेलगायत ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छन्त्याल, योजना शाखाका खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी र तत्कालीन लेखापाल दीपक नेपालीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगले अदानचुली गाउँपालिका वडा ३ का वडाध्यक्ष दत्त विष्ट, उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि मुद्दा दायर गरेको छ। ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुद्दा दायर गरेको छ।

प्रकाशित: १६ फागुन २०८० १७:४० | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast