स्टार्टअप र उद्यमशीलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद सम्पन्न

हिमाल प्रेस १६ फागुन २०८० १५:१९ | Wednesday, February 28, 2024
स्टार्टअप र उद्यमशीलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद सम्पन्न

काठमाडौँ-  नेपाली युवा उद्यमी मञ्चले आईएलओ सेल परियोजनासँगको सहकार्यमा राष्ट्रिय नीति संवाद २०२४ आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का सचिव एकनारायण अर्याल थिए भने विशेष अतिथिका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर्फबाट खोमराज कोइरालाको  उपस्थिति थियो। मञ्च राष्ट्रिय गभर्निङ काउन्सिलका प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

उद्‌घाटनसत्रमा मञ्चका  स्टार्टअप अध्यक्ष आभूषणज्योति कंसाकार ले देशमा स्टार्टअपको स्थिति, चुनौती, अवसरहरू र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासबारे प्रस्तुति दिएका थिए।

छलफलमा धनीराम शर्मा (सहसचिव, अर्थ मन्त्रालय), जीवलाल भुसाल (सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय), अन्जन श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ), निविता प्रधान (द्वितीय उपाध्यक्ष नेपाली युवा उद्यमी मञ्च राष्ट्रिय गभर्निङ काउन्सिल) र प्रकाश शर्मा (राष्ट्रिय परियोजना संयोजक, आईएलओले भाग लिएका थिए।

प्रकाशित: १६ फागुन २०८० १५:१९ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast