राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार खडा गर्ने माओवादीको निर्णय

हिमाल प्रेस १६ फागुन २०८० १२:११ | Wednesday, February 28, 2024
राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार खडा गर्ने माओवादीको निर्णय माओवादी नेता अग्नि सापकोटा

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार सकिएको स्थायी समिति बैठकले सो निर्णय गरेको हो। ‘हाम्रोतर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ’, माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि पत्रकारहरूसँग भने।

राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनभित्रका मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्रको तर्फबाट दाबी व्यक्त गरिरहेका छन्। तर अध्यक्षकै कारण गठबन्धनमा तात्विक फरक नपर्ने सापकोटाको भनाइ छ।

प्रकाशित: १६ फागुन २०८० १२:११ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast