सुरक्षा प्रमुखहरूले गृहमन्त्री लामिछानेलाई गराए सुरक्षा ‘ब्रिफिङ’

हिमाल प्रेस १२ पुष २०७९ १९:१५ | Tuesday, December 27, 2022
सुरक्षा प्रमुखहरूले गृहमन्त्री लामिछानेलाई गराए सुरक्षा ‘ब्रिफिङ’

काठमाडौँ-  केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बसेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक आज मंगलबार बसेको हो। बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्नो काम कर्तव्यको बारेमा जानकारी गराएका छन्।

नयाँ गृहमन्त्री आएसँगै सुरक्षा निकायका प्रमुखले सुरक्षाबारे जानकारी दिने प्रचलन रहेको र सोहीअनुसार आजको बैठकमा पनि ब्रिफिङ भएको गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए। लामिछाने सोमबारमात्रै गृहमन्त्री बनेका हुन्।

प्रकाशित: १२ पुष २०७९ १९:१५ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast