टी-२० त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल

हिमाल प्रेस १५ फागुन २०८० ७:०३ | Tuesday, February 27, 2024
टी-२० त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ- त्रिदेशीय टी-२० शृंखलामा आज (मंगलबार) नामिबिया र नेपाल पहिलो खेल खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित श्रृंखलाको पहिलो खेलमा नामिबियासँग घरेलु टोली भिड्न लागेको हो। खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

नेपालले २०२४ मा हुने टी-२० विश्वकपको सहभागी हुन अभ्यासका लागि श्रृंखला आयोजना गरेको हो। यसअघि आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि यी दुई देशसँग नेपालले एकदिवसीय श्रृंखला खेलेको थियो। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग एक खेलमा मात्र जित हात पार्‍यो।

शृंखलाका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले १८ सदस्यटोली घोषणा गरेको छ।

यो टोलीले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।

शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन्। फाइनल खेल फागुन २२ गते हुनेछ।

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान) , आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भन्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा ।

प्रकाशित: १५ फागुन २०८० ७:०३ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast