राजेन्द्र महतोले छाडे लोसपा

हिमाल प्रेस १४ फागुन २०८० १४:०७ | Monday, February 26, 2024
राजेन्द्र महतोले छाडे लोसपा राजेन्द्र महतो । फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।

काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्।

महतोले संविधान जारी भएपछि ६ महिना मधेशी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए। त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ।

यही बखत भएको लिम्बुवानलगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको भनाइ छ। यी सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्थाविरूद्ध रहेको उनले बताए।

प्रकाशित: १४ फागुन २०८० १४:०७ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast