इटहरीमा जुत्ताचप्पल मेला १० दिन सञ्चालन गर्ने सहमति

हिमाल प्रेस १२ फागुन २०८० २०:१५ | Saturday, February 24, 2024
इटहरीमा जुत्ताचप्पल मेला १० दिन सञ्चालन गर्ने सहमति

इटहरी- इटहरीका स्थानीय व्यापारी १० दिनसम्म जुत्ता मेला सञ्चालन गर्न सहमत भएका छन्। यसअघि शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालिले एक महिना मेला आयोजना गर्न लागेपछि स्थानीय व्यापारीहरूले अवरोध गरेका थिए।

उनीहरूको अवरोधका कारण शनिबार मेला उद्घाटन हुन पाएन। उद्योग वाणिज्य संघ इटहरीमा मेला आयोजक समितिसहित उवासंघ इटहरीका पदाधिकारी र रेडिमेड व्यवसायी संघ इटहरीबीच भएको छलफलमा मेला १० दिनसम्म सञ्चालन गर्ने सहमति भएको हो। अब मेला आइतबार उद्घाटन हुनेछ।

एक महिना लामो मेला अवधि घटाएर १० दिन सञ्चालन गर्ने सहमति भएको व्यापारीहरूले बताएका छन्। शुभकामना फुटवेयरले प्रशासनको अनुमति लिएर मेला सुरु गर्न लागेको छ। इटहरीका व्यापारीहरूले स्थानीय व्यापारमा ह्रास आउने भन्दै मेला सञ्चालनमा अवरोध गरेका थिए।

इटहरीमा व्यापारीहरूको ‘सिन्डिकेट’, अवरुद्ध भयो जुत्ता मेला

प्रकाशित: १२ फागुन २०८० २०:१५ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast