काठमाडौँ- जापानका राजाको ६४औँ जन्मदिनको अवसरमा नेपालस्थित जापानिज दूतावासले शुक्रबार विभिन्न कार्यक्रम गरेको छ। राजदूत किकुता युताकाले आफ्नो सरकारी निवास ताहाचलमा कार्यक्रम गरेका हुन्।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, सहरी विकास मन्त्री सीता गुरुङ, उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो। राजदूत युताकाले प्राकृतिक प्रकोप नेपाल र जापानका लागि साझा चुनौती रहेकाले सहकार्य महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा जापानी सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो।

प्रकाशित: ११ फागुन २०८० २१:३३ | Friday, February 23, 2024
प्रतिक्रिया





