हट्यो वीरगन्‍जमा कर्फ्यू

हिमाल प्रेस १० फागुन २०८० ७:११ | Thursday, February 22, 2024
हट्यो वीरगन्‍जमा कर्फ्यू

काठमाडौँ- पर्साको वीरगन्जमा लगाएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ।

अवस्था सामान्य बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गएराति १० बजेदेखि पूर्णरूपमा कर्फ्यू हटाएको हो।

गत साता बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच झडप भएको विषयमा वीरगन्जमा पनि तनावको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबारदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा शनिबारदेखि लागेको कर्फ्यू पनि स्थानीय प्रशासनले बुधबार अपराह्नदेखि हटाएको छ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएको थियो।

प्रकाशित: १० फागुन २०८० ७:११ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast