बालकृष्ण समको नाटक ‘अन्धवेग’ मञ्चन हुँदै

हिमाल प्रेस ९ फागुन २०८० १५:४५ | Wednesday, February 21, 2024
बालकृष्ण समको नाटक ‘अन्धवेग’ मञ्चन हुँदै

काठमाडौँ- नाटककार बालकृष्ण समको चर्चित नाटक ‘अन्धवेग’ नाटकघरमा मञ्चन हुने भएको छ। यो समको दोस्रो नाटक हो। सन १९९६ मा प्रकाशित दुःखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ।

सामाजिक कथावस्तु समेटिएको नाटकका मुख्य पात्र पम्फा, गरुणध्वज र जयवीर हुन्। भने सहायक पात्रहरुमा मुगा, बैकुण्ठमान, धुरारी, चेप्टे, भानु चिञ्ची, ठुल्नानीलगायत छन्। पम्फा र गरुणध्वज पतिपत्नि हुन्। उनीहरुको जीवनमा तेस्रो पात्र जयवीरको प्रवेशपछि पारिवारिक सम्बन्धमा आइपर्ने उतारचढाव नाटकको मुख्य विषयवस्तु हो।

नाटक मञ्चनको परिकल्पना र निर्देशन प्रवीण खतिवडाले गरेका छन्।  उनका अनुसार पारिवारिक कथामा आधारित यस  नाटकमा क्षणिक आवेगले निम्त्याएको दुष परिणामलाई देखाइएकाे छ।

याे वियोगान्त नाटक नाटक हाे। साथै याे क्लासिकल नाटकमा आधारित रहेको निर्देशक प्रवीण खतिवडाले बताए।

मण्डलाले केही समयअघि आगामी दुई वर्षमा १४ वटा नाटक निर्माण गर्ने घोषणा गरेको थियो। त्यही योजनाअन्तर्गत आफूले यो नाटक रोजेको खतिवडाले जानकारी दिए।

‘क्लासिकल नाटकलाई प्राथमिकता दिनुपर्छ भनेर मैले नाटककार समको नाटक रोजेको हुँ।’ निर्देशक खतिवडाले भने।

फागुन १८ देखि थापापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ।  नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बु, सारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, संदेश कार्की र सन्तोष गिरीकाे अभिनय रहनेछ।

नाटक चैत १८ गतेसम्म चल्ने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो साढे दुई बजे र साँझ साढे पाँच बजे दुई सो मञ्चन हुने जनाइएको छ।

प्रकाशित: ९ फागुन २०८० १५:४५ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast