फाइल तस्बिर।
काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै गर्दैछन्। मन्त्री साउदले फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन्।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।
प्रकाशित: ८ फागुन २०८० २०:३१ | Tuesday, February 20, 2024
प्रतिक्रिया




