यस्तो छ आजको मौसम

हिमाल प्रेस ५ फागुन २०८० ६:५९ | Saturday, February 17, 2024
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भूभागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ५ फागुन २०८० ६:५९ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast