पोखराको विरौटामा एभरेष्ट बैंकको नयाँ शाखा

हिमाल प्रेस १ मंसिर २०७९ ५:२५ | Thursday, November 17, 2022
पोखराको विरौटामा एभरेष्ट बैंकको नयाँ शाखा

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले पोखराको विरौटामा नयाँ शाखा सुरु गरेको छ। विरौटामा स्थापना भएसँगै एभरेष्ट बैंकका शाखाको संख्या १२२ पुगेको छ। गण्डकी प्रदेशमा मात्रै बैंकका शाखा १२ वटा भएका छन्।

उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका हुन्।

एभरेष्ट बैंकले १२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहको छ। यसका तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १५७ एटीएम छन्।

प्रकाशित: १ मंसिर २०७९ ५:२५ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast